कम्पनी दर्ताका केहि फाइदाहरु:
सिमित दायित्व (Limited Liability): कुनै पनि कम्पनीको अन्त्यमा प्रा. लि. या लि. लेखिनुको कारण हो “लिमिटेड” अर्थात् सिमित दायित्व| यसको मतलब हो, व्यक्तिगत रुपमा कम्पनीको ऋण र जिम्मेवारीबाट हजुरलाई व्यक्तिगत तहमा सुरक्षा मिल्छ| यो अवस्थामा लिन कबुल गर्नुभएको सेयर पुंजी बराबरको रकम मात्र हजुरको दायित्व बन्छ|
छुट्टै कानुनी मान्यता (Legal Identity)
कम्पनीलाई कानुनी रुपमा छुट्टै व्यक्तिको रुपमा चिनिन्छ| यहि कारण सेयरधनीको प्यान र कम्पनीको प्यान/भ्याट नम्बर फरक हुन्छ|
निरन्तरता (Perpetual Succession)
बन्द नगराएसम्म अरु कुनै पनि कारणले कम्पनी अस्तित्व सकिने भन्ने हुँदैन| कम्पनीका मालिक परिवर्तन हुन सक्छन तर यसको कानुनी मान्यता संधै निरन्तर रहिरहन्छ|
विश्वसनीयता (Credibility)
प्राइभेट फर्म भन्दा कम्पनीको विश्वसनीयता बढी हुने गर्छ| यसले गर्दा नयाँ लगानीकर्ता भित्र्याउन र ग्राहक समक्ष पृथक रुपमा बजारीकरण गर्न निकै सजिलो हुन्छ|
वित्तीय संस्थाहरूमा पहुँच (Easy to get Financed)
कम्पनी दर्ता पश्चात सेयर लागत निकाली पुंजी दाखिला भएको प्रमाण देखाउन मिल्ने भएकाले कम्पनीहरूले प्राइभेट फर्म हेरी साधारणतया बैंक र वित्तीय संस्थाहरूबाट कर्जा र क्रेडिट सुविधा सजिलै प्राप्त गर्छन|
स्थानान्तरण गर्न सजिलो (Transferability)
कुनै पनि कम्पनीमा सेयरधनी परिवर्तन गर्न पर्यो भने आवश्यक प्रक्रिया पुर्याइ गर्न मिल्छ तर प्राइभेट फर्म व्यक्तिको नाम मा हुने भएकाले सेयर धनि परिवर्तन गर्न मिल्दैन|
व्यापारिक नाम सुरक्षित (Protecting Business Name)
एक पटक कम्पनी दर्ता भैसकेपछि सोहि नाम बाट आर्को कम्पनी दर्ता गर्न मिल्दैन| यसै कारण दर्ता पश्चात हजुरको व्यवसायिक नाम सुरक्षित भएको मान्न सकिन्छ|
सुरुवातमा कम खर्च (Low Initial Costs)
सरकारले हालै नेपाल राजपत्रमा प्रकाशित गरि दर्ताको क्रममा लाग्ने दस्तुर मिनाहा गरिदिएको छ| यसैले आ. व. २०८०-८१ को लागि कम्पनी दर्ता गर्दा सुरुवाती चरणमा खर्च कम हुने भएको छ| प्राइभेट फर्म या घरेलु दर्तामा भने शुल्क मिनाहा भएको छैन|
कम्पनी दर्ताका केहि अप्ठ्याराहरु:
दर्तामा लाग्ने समय (Time-Consuming)
कम्पनी दर्ता प्रक्रिया सधैं नाम निवेदन दिएसंगै सुरु हुन्छ| सामान्यतया नाम स्वीकृत हुन ३-५ दिन लाग्छ भने कागज सहिछाप र नोटरी मा पनि केहि समय लागिहाल्छ| त्यसैले कम्पनी दर्ता प्रक्रिया सुरु गरेको १० देखि 15 दिन मा कम्पनी दर्ता प्रमाणपत्र प्राप्त हुन्छ|
कागजिकरण (Manual Working)
नेपालमा कम्पनी दर्ता प्रक्रिया अझै सम्म डिजिटल भैसकेको छैन, त्यसैले प्रबन्धपत्र, नियमावली सहि अन्य कागजात हातैले सहिछाप गरि कार्यालयमा पेश गर्नुपर्छ| यसले गर्दा दर्ता प्रक्रिया कहिलेकहीं झन्झटिलो लग्न सक्छ|
दर्ता पछिका कामहरु (Additional Compliance Requirements)
कम्पनी दर्ता गरेर मात्र हुँदैन, यस पश्चात गर्नुपर्ने कामहरु, जस्तै ठेगाना जानकारी, सेयर लागत, बार्षिक विवरण पेश इत्यधि समयमै गरिएन भने शुल्क तथा जरिवाना लाग्ने गर्छ|
बन्द गर्न झन्झटिलो (Process during Closure)
कम्पनी बन्द गर्दा कर कार्यालय तथा लिक्विडेटर मार्फत पनि प्रतिवेदन बनाउनु पर्ने भएकाले प्रक्रिया केहि लम्बिन्छ र झन्झटिलो हुन सक्छ|
नेपाल राजपत्र:
…
You can visit Rajpatra site through this link: http://rajpatra.dop.gov.np/
You can visit OCR site through this link: https://ocr.gov.np/
राजपत्रमा लेखिएको अनुसार अब देखि निम्न कार्यहरु गर्दा सरकारी दस्तुर तिर्नुपर्दैन:
१. प्राइभेट लिमिटेड कम्पनी दर्ता गर्दा
२. पब्लिक लिमिटेड कम्पनी दर्ता गर्दा
३. दर्ता भैसकेको कम्पनीको पुंजी वृद्धि गर्दा
४. बैदेशिक कम्पनीको शाखा या सम्पर्क कार्यालय दर्ता गर्दा
५. मुनाफा वितरण नगर्ने (NPO) कम्पनी दर्ता गर्दा
Leave a Reply